STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाका कारण मृत्यु हुने ३४ पुग्याे • संक्रमितकाे स‌ंख्या १५ हजार ४९१

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २०, शनिबार

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार बिहान गोरखामा एक र रुपन्देहीका जनाको कोरोनाकै कारण मृत्यु भएसँगै मृतकको संख्या ३४ पुगेको हो। शनिबार बिहान गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो। असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार गोरखा अस्पतालमा मृत्यु भएको हो। त्यसैगरी रुपन्देही देवदह नगरपालिका ७५ वर्षीय पुरुषको समेत कोरोनाकै कारण मृत्यु भएको छ। उनी असार १४ गते काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनको असार १७ गते मृत्यु भएको हो। उनमा कोरोना पुष्टि भने असार १८ गते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। उनी क्षयरोग पीडित थिए। कोरोना संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको छ। शनिबार मात्र दुई सय ३२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार चार सय १५ पुगेको छ। पछिल्लो २४ घण्टामा २७२ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३३ हजार एक सय २५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ४२ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २३ प्रयोगशाला चार हजार ५० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ४६ हजार दुई सय ९४ र आरडीटी विधिबाट तीन लाख १० हजार तीन सय नमुना परीक्षण गरिएको छ ।
Categorized in राष्ट्रिय