STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाको त्रासः क्यालिफोर्नियामा आपतकाल घोषणा

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २२, बिहिबार

कोरोनाभाइरस संक्रमणलाई ध्यान दिदैं अमेरिकाको क्यालिफोर्निया राज्यले संकटकालको घोषणा गरेको छ। आफ्नो राज्यमा कोरोनाभाइरस संक्रमितको पहिलो मृत्यु पुष्टि गर्दै क्यालिफोर्नियाले राज्यमा संकटकालको घोषणा गरेको हो। स्कारमेन्टो नजिकैको एक अस्पतालमा ७१ वर्षिय एक पुरूषको कोरोनाभाइरस संक्रमणका कारण ज्यान गएको छ। त्यसैगरी अमेरिकाका १६ राज्यमा कोरोनाभाइरस संक्रमणका मामिलाहरू भेटिएपछि ह्वाइट हाउसले यसको जाँचलाई देशभर लैजाने घोषणा गरेको छ। हालसम्म अमेरिकाका १६ राज्यमा १४० बढीमा कोरोनाभाइरसको संक्रमण भेटिको छ भने हालसम्म यसबाट ११ जनाको मृत्यु भइसकेको छ। अमेरिकामा कोरोनाभाइरसका कारण ज्यान गुमाएका ११ मध्ये १० जना वासिङ्टन राज्यका हुन्। फ्लोरिडा अगाडि वासिङ्डनले पनि आफ्नो राज्यमा आपतकालको घोषणा गरेको थियो। क्यालिफोर्नियाले संक्रमणका कारण ज्यान गुमाएका ती ७१ वर्षिय पुरूषलाई गत महिना प्रिन्सेस क्रुज सिपमा सानफ्रान्सिस्कोबाट मेक्सिको जाँदा संक्रमण भएको हुनसक्ने अनुमान गरेको छ। सरकारले सो क्रुजसिपलाई सानफ्रान्सिस्कोको बन्दरगाहमा फर्किन आदेश दिएको छ। यसैगरी अमेरिकाको हाउस अफ रिप्रिजेन्टिभ्सले कोरोनाभाइरसविरुद्ध लड्न आपतकालिन सहायता अन्तरगत ८।३ विलियन डलर रकम खर्च गर्ने अनुमति दिएको छ।
Categorized in अन्तर्राष्ट्रिय