STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाबाट कराते खेलाडी वज्राचार्यको निधन

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २२, बुधबार

कोरोना भाइरसको संक्रमणबाट क्योकुसिन कराते पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको निधन भएको छ । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

यही १६ वैशाखमा कोरोनाबाट संक्रमित भएपछि ६६ वर्षीय बज्राचार्यलाई गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएकामा निको नभएपछि १९ वैशाखमा थप उपचारका लागि सशस्त्र प्रहरी  अस्पताल लगिएको ओलम्पियन दीपक महर्जनले जानकारी दिए ।

बज्राचार्यले सन् १९८२ मा सिंगापुर तथा सन् १९८४ मा इण्डोनेसियामा सम्पन्न अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । इन्डोनेसियामा सम्पन्न प्रतियोगितामा उनले कास्य पदक प्राप्त गरेका थिए । विसं २०३९ देखि क्योकुसिन कराते खेल्दै आएका बज्राचार्य दुई पटक राष्ट्रिय च्याम्पियन बनेका थिए ।

Categorized in खेलकुद