STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्याे • थप १०९ जनाको रिपोर्ट पोजिटिभ

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १०, शनिबार

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारनेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।  शुक्रबार वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी युवतीको मृत्यु भएको थियो। बाराको परवानीपुर घर भएकी १९ वर्षीया ती युवतीलाई स्वास्थ्यमा समस्या भएपछि बुधबार वीरगन्जकै वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो। बिहीबार राति साढे ९ बजे तिर वीरगन्ज हेल्थ केयरबाट उनलाई गण्डकस्थित अस्थायी कोभिड अस्पताल लगिएको थियो। उनको आरडीटी पोजिटिभ आए पनि पीसीआर रिपोर्ट भने मृत्युपछि मात्र आएको हो। प्रवक्ता गौतमका मृतक युवतीलाई आइसोलेसनमा उपचारकै क्रममा पखाला धेरै चलेको थियो भने शरीमार अक्सिजनको मात्र कम भएको थियो। पछिल्ला दिनमा कोरोना संक्रमण दर घट्दै जाँदा ६ जिल्लामा भने संक्रमण शून्यमा झरेको छ। प्रवक्ता गौतमका अनुसार पाँचथर, भोजपुर, संखुवासभा, रसुवा मनाङ र मुस्ताङमा कोरोना शून्य भएको हो। पछिल्लो २४ घण्टामा चार हजार ७५ जनाको नमुना परीक्षण गर्दा १०९ जनाको रिपोर्ट पोजिटिभ आएको हो। नेपालमा अहिले कोरोनाका संक्रिय संक्रमित पाँच हजार तीन सय ८५ रहेका छन्। कुल संक्रमितको संख्या १८ हजार चार सय ८३ जना रहेको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १८ हजार एक सय ८५ रहेको छ।
Categorized in राष्ट्रिय