कोरोनाबाट शिक्षण अस्पतालमा एकको मृत्यु, काेराेनाबाट मर्नेकाे संख्या ९ पुग्याे
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २१, बुधबार
काठमाडौं - कोरोनाभाइरस संक्रमणबाट नेपालमा ९ औं व्यक्तिकाे मृत्यु भएकाे छ ।
मृत्यु हुने दोलखाका एक ७६ वर्षीय पुरुषको हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
ती पुरुष गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो । यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि त्रिवि शिक्षण अस्पतालमा रिफर भएका उनको सो अस्पतालको आईसीयूमा उपचार भएकोमा बुधबार निधन भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
Categorized in राष्ट्रिय