कोरोनाभाइरस त्रास : थरुहट थारुवानका कार्यक्रम स्थगित
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ३०, शुक्रबार
काठमाडौं– सरकारसामु विभिन्न माग राखी संघर्षरत थरुहट थरुवान राष्ट्रिय मोर्चाका आगामी कार्यक्रमहरु कोरोना भाइरसको त्रासको कारण स्थगित गरिएका छन् ।
संघर्ष कार्यक्रमका संयोजक एवं नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैंजूले शुक्रबार (फागुन ३० गते) जारी एक वक्तव्यमार्फत् आगामी कार्यक्रमहरु हाललाई स्थगन गरिएको र आगामी दिनमा संघर्षका कार्यक्रमहरु विषय एक छलफल बैठक बसिने जानकारी पनि दिएका छन् ।
आउँदो चैत ५ गते शनिबार काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेटमा दिउँसो ४ बजे उक्त छलफल बैठक बसिने जानकारी पनि वक्तव्यमा दिइएको छ ।
सम्पूर्ण पहिचान पक्षधरहरुलाई उक्त छलफल बैठकमा सहभागी हुन नेपाः राष्ट्रिय पार्टीलगायत खम्बुवान राष्ट्र्रिय मोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खसान राष्ट्रिय संघर्ष समिति, थरुहत थारुवान राष्ट्र्रिय मोर्चा र नेपाल राष्ट्रिय परिषदले संयुक्त रुपमा आह्वान गरेको छ ।
थरुहत थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको एक चरण समाप्त गरिसकेको र गत २०७६ फागुन २० र २१ गते घोषित थरुहट तराई बन्द सफल भएको पनि वक्तव्यमा जनाइएको छ ।
Categorized in राजनीति