relans
ni new 83
nib 2082 5

कोरोनाले पारेको प्रभावबारे ललितपुरमा बृहत चिन्तन्

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २४, शनिबार

विजयरत्न असंबरे•
विश्वव्यापि महामारीको रुपमा फैलिरहेको कोरोनाले काठमाण्डौं उपत्यकामा पारेको प्रभावबारे ललिपुरको मङ्गलबजारमा आयोजित एक कार्यक्रममा बृहत चिन्तन मनन् गरिएको छ । नेवाः ग्वाहालि पुचः हःखाःको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख वक्ता सामाजिक अभियन्ता एवं विकासविज्ञ अनिल चित्रकारले मानिसहरुले प्रकृतिमाथि गरेको अतिक्रमणको परिणाम स्वरुप विभिन्न भाइरसको प्रकोप बढेको औंल्याउनु भएको थियो भने हाम्रो स्वास्थ्य नै हाम्रो सबैभन्दा ठुलो सम्पत्ति हो भन्नु भयो । स्वास्थ्यको उचित स्याहार गर्नु नै हामी सुरक्षित रहने उपाय हो भनि भन्नु भयो । वरिष्ठ साहित्यकार एवं समाजसेवी शाक्य सुरेनले सञ्चालन गर्नु सो कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष विक्रम शाक्य , इनफ इज इनफका विनोद शाही , नेवाः राजनीतिक अभियान का पूर्व अध्यक्ष रबिन्द्र श्रेष्ठ , साहित्यकार अर्थविद् एवं राजनैतिक विश्लेषक डा पुष्पराज राजकर्णिकार , साहित्यकार एवं समाजसेवी कुमुद श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
Categorized in उपत्यका
ppp 2