कोरोना कहर : बारा र पर्सामा निषेधाज्ञा, हेटौंडा प्रवेशमा रोक
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३०, मंगलबार
बारामा पनि निषेधाज्ञा
यसैगरी, मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ । भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।हेटौंडामा प्रवेशमा रोक
यसैगरी, सीमा जोडिएका जिल्लामा कोरोना संक्रमण बढेसँगै मकवानपुर प्रवेशमा कडाइ गर्न थालिएको छ । मंगलबार हेटौंडामा बसेको बैठकले राजमार्ग हुँदै हेटौंडा भित्रने सवारी र मानिस दुबैलाई रोक लगाउने निर्णय गरेको हो ।
पछिल्ला केही दिनयता लकडाउन केही खुकुलोे पारिएको भए पनि नाकामा सुरक्षा नअपनाउँदा रोग भित्रन सक्ने भन्दै बैठकले बुधबारदेखि पूर्वपश्चिम राजमार्ग हुँदै हेटौंडाबाट आवत जावत पूर्ण रुपमा बन्द गर्ने भएको हो ।
बैठकले भोलि बुधवारबाट दैनिक उपभोग्य सामान बिक्री बाहेक अन्य व्यवसाय खोल्न नदिने भएको छ । उपभोग्य सामान बिहान ९ बजे सम्ममात्र बिक्री गर्न दिने भएको छ भने मेडिकल, भेटेनरी तथा कृषि औषधि पसल सञ्चालनमा रोक नलगाउने भएको छ ।
बैठकले जेठ १ गतेबाट तरकारी तथा माछामासुको पसल सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
Categorized in राष्ट्रिय


