कोरोना निको हुनेको संख्या १२ पुग्यो
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १४, आइतबार
काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या शनिबारसम्म १२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षीय पुरुष शनिबार निको भएर घर फर्किएपछि यो संख्या १२ पुगेको हो ।
यसअघि शुक्रबार धौलागिरी अस्पतालबाट १९ वर्षिया युवती उपचारपछि निको भएर घर फर्किएकी थिइन् ।
अहिले विराटनगरमा ३०, वीरगञ्जमा ५ तथा भरतपुर तथा धनगढीमा १—१ जना गरी देशभरी ३७ जना उपचाररत छन् ।
Categorized in राष्ट्रिय