कोरोना भाइरसको लक्षण मिल्दाेजुल्दाे रोगी सिन्धुपाल्चोकमा !
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २९, बुधबार
काठमाडौं– सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्ने लक्षण देखिएका रोगी देखिएका छन् । यस्ता रोगी भेटिएपछि गाउँपालिकाले रोग पहिचानको आग्रह गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएका रोगी भेटिएका हुन् । गाउँपालिकाको पत्रअनुसार गुम्बा बस्तीमा रुखाखोकी र अत्यधिक ज्वरोको लक्षण भएका विरामी फेला परेका हुन् ।
यस्ता रोगी भेटिएको ठाउँ चीनसिमाना नजिक परे पनि त्यहाँबाट चीन आवतजावतको बाटो भने छैन ।
गुम्बा बस्तीमा करिब १ सयजना मानिसमा कोरोना भाइरसका रोगीमा देखिनेजस्ता लक्षण देखिएकोले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले जानकारी दिएका छन् ।
Categorized in राष्ट्रिय