STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोना भाइरसबारे अरनिको समाजको टेलिभिजन कार्यक्रम

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– कोरोना भाइरसले सबैभन्दा पहिले महामारीको रुप लिएको चीनको ऊहान सहरमा भाइरस नियन्त्रणका लागि चीनले चालेका महत्वपूर्ण कदमबारे जानकारी दिने उद्देश्यले टेलिभिजन कार्यक्रम प्रशारण गर्ने भएको छ । अरनिको समाजका कार्यसमितिका सदस्य इन्जिनियर राजिन महर्जनका अनुसार चीनको ऊहान सहरमा कोरोना प्रभावितहरुको संख्या घट्दै गएको तर चीनबाहेक इटाली, स्पेन, अमेरिका, इरान, पाकिस्तान, भारतलगायत सिंगो विश्वमा यसको महामारी बढिरहेको सन्दर्भमा नेपाली जनतालाई यसबारे सही जानकारी दिने उद्देश्यले टेलिभिजन कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएका छन् । महर्जनले दिएको जानकारीअनुसार अरनिको समाजको सहयोगमा ‘इण्डिजिनियस टेलिभिजन’बाट यही चैत ९ गते आइतबार साँझ ९ः१५ बजे पहिलो भाग प्रसारण सुरु हुँदैछ । त्यसको पुनःप्रसारण चैत १० गते सोमबार दिउँसो १ः१५ बजे हुनेछ । त्यसैगरी चैत १६ गते आइतबार साँझ ९ः१५ दोस्रो भाग प्रसारण गरिनेछ भने त्यसको पुनः प्रसारण चैत १७ गते सोमबार दिउँसो १ः१५ बजे हुनेछ । चीनको ऊहान शहरमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि चालिएका कदमलाई मुख्य विषयवस्तु बनाएर चीनको ‘ग्लोबल टेलिभिजन नेटवर्क’ले तयार गरेको वृत्तचित्र ‘ऊहान् २४ घण्टा’ भाग एक र दुई अरनिको समाजको सहयोग तथा सक्रियतामा प्रशारण गर्न लागिएको हो । चीनबाट कम्तिमा स्नातक तह अध्ययन सम्पन्न गरेका नेपाली विद्यार्थीहरुको छाता संगठन ‘अरनिको समाज’ हो । यस संठगनमा आवद्ध चिकित्सक, इन्जिनियर, व्यवसायी, विद्यार्थी तथा विज्ञहरु देशका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुमा क्रियाशील छन् ।
Categorized in राष्ट्रिय