STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा : गठबन्धन

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ १८, सोमबार

 

काठमाडौं - सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा काँग्रेसलाई नेतृत्व दिने भएको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कोशी प्रदेशमा गठबन्धनबाट काँग्रेस ठूलो दल भएकाले कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको बताए । उनले मुख्यमन्त्रीका लागि आवश्यक सांसदहरु खोज्ने जिम्मा पनि काँग्रेसले नै लिनुपर्ने गरी सहमति भएको बताए ।

उनले भने, ‘कोशी प्रदेशको सरकार गठनको कुरा छ । त्यसको लागि संघीय सरकारमा गठबन्धनमा भएका दलहरको तर्फबाट पनि के सुझाव दिने भन्दा नेपाली काँग्रेसको संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा अघि सार्ने सल्लाह दिएका छौँ । प्रदेश सरकारमा मन्त्रीमण्डलमा राख्नुपर्ने २ सिट खालि छ, अब दलहरुको बीचमा केही नमिलेर अड्किएर बसेका छन् । त्यसमा सबै प्रदेशको समाधान गर्ने सल्लाह गरेका छौँ । अहिले गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या काँग्रेसको छ । त्यसैले, काँग्रेसलाई मुख्यमन्त्री दिनेगरी बाँकी सीट संख्या पनि उहाँहरुलाई नै पु¥याउने जिम्मेवारी दिएका छौं ।’

कार्यवाहक अध्यक्ष पाण्डेले जनमतलाई सरकारमा ल्याउने सहमति भएको पनि बताउनु भयो । उहाँले जनमतले दुई मन्त्रालयको दाबी गरे एक मन्त्री र एक राज्यमन्त्री दिनेगरी सहमति भएको पनि बताए ।

उनले भने, ‘जनमतलाई ल्याउने पनि सल्लाह भएको छ, बोलाएर राखेर सरसल्लाह हुन्छ । दुई वटा मन्त्रालय मागेका छन् भने सम्भव भएन भने राज्यमन्त्री दिएर भएपनि सरकारमा ल्याउने समझदारीपूर्ण कुरा भएको छ ।’ उनले जनमत पार्टीलाई सकेसम्म एउटा मन्त्रालय लिन आग्रह गर्ने पनि बताए ।

Categorized in राजनीति