STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ११, शुक्रबार

विराटनगर - कोसीमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।

नेकपा (एमाले) नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायण बहादुर मगर पर्यटन, वन तथा वातावरण मन्त्री छन् । यसैगरी बन्दना झागर पर्यटन राज्यमन्त्री छिन् ।

मुख्यमन्त्री कार्कीले समय दिएलगत्तै राजीनामा बुझाउने तयारी रहेको एक मन्त्रीले बताए ।

केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेसँगै कोसीमा माओवादी सरकार छाड्नुपर्ने दबाबमा थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषय भने खुलाइएको छैन । यसबारे छलफल गरेर मात्र निर्णय लिइने माओवादी संसदीय दलले जनाएको छ ।

Categorized in राजनीति