relans
ni new 83
nib 2082 5

क्रिटिक्स अवार्ड २०८१' मा शाम्बाला उत्कृष्ट घाेषित

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र १८, बुधबार

चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले विगत लामो समयदेखि नेपाली चलचित्रको गुणात्मक विकास र समीक्षात्मक चेतलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदान गर्दै आएको 'क्रिटिक्स अवार्ड' को वर्ष २०८१ को नतिजा बुधबार  सार्वजनिक गरेको छ । 

समाजका सदस्यहरूले वर्षभरि प्रदर्शनमा आएका चलचित्रहरूको सूक्ष्म अध्ययन, विश्लेषण र मूल्याङ्कनका आधारमा १० विधामा उत्कृष्ट स्रष्टाहरू छनोट गरेको हो । यस वर्ष एक भव्य समारोहका बीच परिणाम सार्वजनिक गर्ने  पूर्व निर्धारित लक्ष्य रहे तापनि देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, जेनजी (GEN-Z) आन्दोलन तथा निर्वाचन लगायतका कारणले गर्दा औपचारिक समारोह आयोजना गर्न प्राविधिक कठिनाइ उत्पन्न भएकाे भन्दैमा प्रेस विज्ञप्ति मार्फत यस वर्षको नतिजा सार्वजनिक गरेको छ   । 

समाजले २०८१ र २०८२ सालको अवार्ड वितरण समारोहलाई अर्को वर्ष संयुक्त रूपमा भव्यताका साथ आयोजना गर्ने निर्णय गर्दै हाललाई नतिजा मात्र सार्वजनिक गरेकाे  छ भने यश वर्षको 'क्रिटिक्स अवार्ड २०८१' का विजेताहरूको सूची निम्न बमोजिम छः

१. उत्कृष्ट चलचित्रः शाम्बाला

२. उत्कृष्ट निर्देशकः मीनबहादुर भाम (शाम्बाला)

३. उत्कृष्ट अभिनेताः दयाहाङ राई (गाउँ आएको बाटो)

४. उत्कृष्ट अभिनेत्रीः थिन्ले ल्हामो (शाम्बाला)

५. उत्कृष्ट पटकथा/लेखनः सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)

६. उत्कृष्ट छायाङ्कनः आलोक शुक्ला (आँखा)

७. उत्कृष्ट सम्पादनः जे. हिम ली (J. HIM LEE) र एलेक्स गुर्भिट्स (ALEX GURVITS) (राजागञ्ज)

८. उत्कृष्ट साउण्ड डिजाइन: किशोर आचार्य (गाउँ आएको बाटो)

९. स्पेशल मेन्सन (अभिनय): सुपला सापकोटा (बोक्सीको घर)

 १०. स्पेशल मेन्सन (कला निर्देशन): पूर्ण बहादुरको सारङ्गी

नेपाली चलचित्रको कलात्मक पक्षलाई उजागर गर्दै व्यावसायिक मर्यादा कायम राख्न यो अवार्डले थप ऊर्जा प्रदान गर्ने विश्वास समाजले लिएको छ । यथाशीघ्र पुरस्कार वितरण समारोह आयोजना गर्ने प्रतिबद्धता समाजका अध्यक्ष सामिप्य राज पाेखरेलले पाेखे ।

Categorized in सिनेमा
ppp 2