STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्वारेन्टिनभित्रै स्वयंसेवकद्वारा सामूहिक बलात्कार !

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २, मंगलबार

काठमाडौं – कैलालीमा रहेको एक क्वारेन्टिनमा ३१ वर्षीय महिलाको सामूहिक बलात्कार भएको छ । बलात्कारको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेका छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार पक्राउ गरेको थियो । तिनीहरुलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो । पक्राउ परेका मध्ये किशोर स्वास्थ्यकर्मी स्वयंसेवक हुन् । अन्य पनि क्वारेन्टिनमा खटिएका स्वयंसेवक हुन् ।
Categorized in अपराध-दुर्घटना