STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खडगी समाज महिला समितिद्वारा गुर्जो वितरण

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक ६, बिहिबार

नेपाल राष्ट्रिय खड्गी समाज महिला समिति ललितपुरको आयोजनामा दशैं ,तिहार र छठको पावन अवसरमा बिहीबारअनौपचारिक रुपमा शुभकामना आदानप्रदान गरियो । साथै कोभिड १९ को संक्रमण बढीरहेको अवस्थालाई लक्षित गरि हाम्रै गाँउ ठाँउमा पाइने गुर्जोको बितरण पनि गरियो ।

असोज २३ गते गठन भएको महिला समितिको प्रथम कार्यक्रमको रुपमा उक्त कार्यक्रमलाई लिइएको छ ।

आत्मियता, महिला उत्थान र गुर्जोको उपयोगिता र यसलाई उपभोग गर्ने बिषयमा पनि उक्त कार्यक्रममा छलफल गरिएको थियो ।

नेपाल राष्ट्रिय खड्गी समाज महिला समितिका सदस्य अम्बिका खड्गीज्यूको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय खड्गी समाजका जिल्ला अध्यक्ष अरोज कुमार खड्गी, उपाध्यक्ष प्रकाश खड्गी, कोषाध्यक्ष भगवान खड्गी लगायत बिभिन्न टोलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा “गुर्जोको नियमित सेवन गरौं, निरोगी रहौं” भन्ने मूल नारालाई अघि सारेर सिरहाको लाहानदेखि कमल बहादुर राजलावतज्यूले गुर्जोको बिरुवा र गुर्जोको पाउडरको प्याकेट सम्पूर्ण सहभागिहरुलाई बितरण गर्नुभएको थियो ।

यति मात्र नभई कारोना संक्रमितको लागि छुट्टै किसिमले तयार गरिएको प्याकेट पनि बितरण गर्ने प्रतिबद्घता जनाउनु भएको थियो ।

Categorized in उपत्यका