STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खुल्लामन्चलाई खुल्ला गर्न डोजर चल्यो

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण ५, बुधबार

काठमाडौँ महानगरपालिकाले खुल्लामञ्चलाई खुला गर्ने अभियान थालेको छ ।  राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न चरणमा पुगेपछि सरोकारवाला लाई जानकारी दिएर खुल्लामञ्चलाई खुला गर्ने अभियान थालेकाे भनि भन्नु भएको छ र  उहाँले विस्तारै बसपार्क पनि खुल्ला गर्ने जानकारी दिनुभयो । 

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयरज्यु (काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य) को निर्देशन अनुसार नै खुला गर्ने अभियान थालेको बताउनुभयो ।  

उहाँले पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भै महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई पत्र काटेरै हिजोसम्म खाली गर्ने वातावरण बनाउन आग्रह गरेको जानकारी दिनुभयो ।

केही दिन अघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति टीएन शाहले पनि ठेकेदार कम्पनीले दिएको प्रतिवेदन अनुसार वीर अस्पताल निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भएको भन्दै थप छलफल गरी जतिसक्दो छिटो खुलामञ्च खुला गर्न पहल गर्ने बताउनुभएको थियो ।

Categorized in उपत्यका