खोटाङमा गएकाे भूकम्पले भाेजपुरमा घर भत्कियाे
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १५, आइतबार
काठमाडौं - खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर गएकाे ६ रेक्टर स्केलको भूकम्पले भोजपुरमा एउटा घर भत्किएको छ । आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार २०७२ सालमा गएको भूकम्पबाट चर्किएको सो घर जीर्ण बनेको थियो । केही घरमा क्षति पुर्याएको भनिए पनि यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
यस्तै, भूकम्पबाट साकेला गाउँपालिका–५ वृष्टिका विकास कटुवालको ढुङ्गाको घर, डाडागाउँका प्रकाश प्रधान, हलेसी तुवाचुङ.नगरपालिका–९ सल्लेका ध्रुव पौडेल र सोही नगरपालिका–७ का सयङ्खुका गङ्गा राईको घरमा क्षति पुगेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पकाे धक्का काठमाडाैं र आसपाका जिल्ला समेत महशुस भएकाे थियाे ।
Categorized in अपराध-दुर्घटना

