ख्वपद्वारा छात्रवृत्ति प्रदान
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २२, आइतबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज तथा शारदा क्याम्पसले स्नातक तह पहिलो र दोस्रो वर्ष, बिबिएम पहिलो सेमेष्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत गरीब तथा जेहेन्दार ८० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
आज कलेजमा आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सो छात्रवृत्ति वितरण गर्नुभएको हो ।
भक्तपुर नगरपालिकाले विद्यार्थीहरुलाई पाँच लाखसम्मको छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको बताउँदै उहाँले भनपामा बस्ने हरेक नागरिक स्वस्थ र शिक्षित होस् भन्ने उद्देश्यले नगरपालिकाले शिक्षा र स्वास्थ्यमा लगानी बढाएको बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य रूपक जोशीले विश्वविद्यालयले निर्धारण गरेको प्रावधानमा रहेर कलेजले छात्रवृत्ति प्रदान गर्दै आएको बताउनुभयो ।
Categorized in राष्ट्रिय


