STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गगनलाई कोइराला र देउवालाई पौडेलको साथ

Janjati Khabar – Janjati Khabar | २०७९ पौष ५, मंगलबार

काठमाडौँ - नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रश्ताव गरेको बताउनुभएको छ ।

मंगलवार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रश्तावकका रुपमा काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनहरुलाई हेर्दै अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीहरुको बीचमा धेरै छलफल भयो । गगन थापाले भने जस्तै स्थायीत्व र निरन्तरताको लागि हामीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि सारेका हौं । आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलीका दिनहरु हेर्दै जानुपर्छ । त्यो विषयमा गगन जीले बोलिसक्नुभएको छ ।’

नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । देउवाको प्रश्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल हुनुहुन्छ भने समर्थकमा पूर्णबहादुर खड्का हुनुहुन्छ ।

महामन्त्री थापाको प्रश्तावकमा भने डा. शेखर कोईराला रहनुभएको छ भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ हुनुहुन्छ ।

संसदीय दलको नेतामा देउवालाई मेरो समर्थन छ : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्ताव गर्ने बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा संसदीय दलको नेतामा देउवाको प्रश्तावकका रुपमा पुग्नुभएका उहाँले अहिलेको असहज परिस्थितीमा नेपाली काँग्रेस भित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले पार्टी सभापति शेर बहादुर देउवालाई संसदीय दलको नेतामा प्रश्ताव गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले संसदीय दलको नेतामा सभापति देउवा निर्बिरोध हुने दाबीसमेत गर्नुभयो । तर संस्थापन इतर पक्षबाट पार्टी महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।

पार्टीका नेता डा. शेखर कोईरालाले युवा पुस्तान्तरणका लागि आफूले गगनलाई सममर्थन गरेको बताउँदै गगनलाई संसदीय दलको नेतामा समर्थन गर्न पार्टीका सांसदहरुलाई आग्रह गर्नुभएको छ । संस्थापन पक्षबाट भने प्रधानमन्त्री एवं पार्टी सभापति देउवा संसदीय दलको नेताका लागि उम्मेदवारी दिन सिंहदरबार पुगिसक्नुभएको छ ।

उहाँले भन्नुभयो,‘अहिलेको असहज परिस्थितीमा नेपाली काँग्रेस भित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले मैले पार्टी सभापति शेर बहादुर देउवालाई संसदिय दलको नेतामा प्रस्ताव गर्ने भएको छु । पार्टी सभापतिलाई संसदीय दलको नेतामा सर्वसहमत चयन गर्न सबैलाई आग्रह गर्दछु ।’

नेता पौडेलले नवनिर्वाचित काँग्रेसका सांसदहरुलाई पार्टी सभापति देउवालाई सर्वसहमत संसदीय दलको नेता चयन गर्न आग्रह समेत गर्नुभयो ।

Categorized in राजनीति