गगन थापाले मतदाताका घरघरमा मास्कसहित अपिल पत्र पठाए
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १९, सोमबार
काठमाडौं क्षेत्र नम्बर-४ का सांसद गगन थापाले मतदाताका घरघरमा मास्कसहित अपिल पत्र पठाउन थालेका छन्।
थापाले मास्क लगाउन आग्रह गर्दै प्रत्येक घरका लागि १० थान मास्क र सुरक्षित स्वास्थ्य व्यवहार अपनाउन एक पन्नाको अपिल पठाएका हुन्।
मास्क लगाउने, साबुन पानीले पटक-पटक हात धुने, सेनिटाइजर प्रयोग गर्नेजस्ता कुरा सरकारलाई देखाउनका निम्ति नभएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न उनले निर्वाचन क्षेत्रका जनतालाई आग्रह गरेका हुन्।
Categorized in राजनीति