relans
ni new 83
nib 2082 5

गठबन्धन अझै बलियो भएर जान्छ स् अध्यक्ष नेपाल

Janjati Khabar | २०७८ माघ १९, बुधबार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन अझै बलियो भएर जाने बताउनुभएको छ । आज काठमाडौँको जडीबुटीमा समाजवादीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले गठबन्धन दलहरूबीच भएको छलफलमा गठबन्धनलाई अझै बलियो बनाएर लैजाने सहमति भएको बताउनुभयो ।
    
    अध्यक्ष नेपालले भन्नुभयो, “गठबन्धनका बीच आपसी अविश्वास पैदा गराउन खोजिए गठबन्धन अझै बलियो भएर जानेछ, गठबन्धनले नै चुनाव गर्नेछ ।” उहाँले गठबन्धनविरुद्ध भएको षड्यन्त्रप्रति सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमालेका पूर्वसांसद सुवास कर्माचार्यसहित करिब १५० बढी नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीमा प्रवेश गर्नेलाई अध्यक्ष नेपालले टीका र खादा लगाएर स्वागत गर्नुभयो ।
    
    एमालेका नेताहरू राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सीता थापा, बागमती प्रदेश कमिटीका यज्ञ सापकोटा, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य ईश्वरी श्रेष्ठ, जिल्ला कमिटी सदस्य क्रमशः दीपक नेपाल, रवीन्द्र शर्मा, विष्णुलाल श्रेष्ठ, विजय ढुङ्गाना, किशोर लामा, सगुन श्रेष्ठ, धुव्रराज गिरी र फइन्द्र तामाङलगायत सिन्धुपाल्चोकका १०० बढी नेता काभ्रेबाट ५० बढी नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका छन् ।

Categorized in राजनीति
ppp 2