STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गणेशबहादुर नगरकोटी लकस नेपाल बर्ष ब्यक्तित्व घोषित

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण १८, बिहिबार

समुदायबाट समुदायकै हितका लागि अग्रसर संस्था लकस नेपालले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा गोदावरी नगरपालिकाको लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई “लकस नेपाल वर्ष ब्यक्तित्व २०८० सम्मान” प्रदान गर्ने घोषणा गरेको छ । बुधवार लकस नेपालकै कार्यालयमा १३ औं स्थापना दिवस मनाउन आयोजित समारोहमा उक्त घोषणा गरिएको हो । 

 कक्षा चारसम्म मात्र अध्ययन गर्न पाएका, जीवन धान्न मजदुरी पेशा गर्दै आएका नगरकोटीले लकस नेपालको सहजीकरणमा ८५ घरपरिवारलाई घरघर शुद्ध पानी पुर्याउन १४ हजार लिटर पानी शुद्धिकरण गर्ने क्षमता भएको ४१८० क्युविक फिटमा बनेको पानी शुद्धिकरण ट्याङ्की निर्माण तथा संचालन कार्यमा नेतृत्व गरेका हुन् । लामीडाँडा काफलडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ५३ बर्षीय नगरकोटीले  विगत ६ बर्षदेखि दिनरात नभनी समुदायको हितमा निरन्तर सक्रियता देखाउँदै आइरहेका छन् । 

यसरी समुदायबाट समुदायकै हितका लागि अग्रसर उदाहरणीय ब्यक्तित्वको सम्मानबाट समुदायमा उत्प्रेरणाको लहर उठ्ने विश्वासले यो सम्मान कार्य आरम्भ गरेको भनाई लकस नेपालका कार्यवाहक अध्यक्ष सुरजबीर बज्राचार्यले बताइ । 

लकस नेपाल गान, लकस नेपालको वेभसाइट समेत सार्वजनिक गरिएको सो स्थापना दिवसको कार्यक्रममा अध्यक्ष बज्राचार्यले यसै अवसरमा प्रदेश मन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यमा यही श्रावण २० गते शनिवार ललितपुरको बालकुमारीमा हुने बृहत कार्यक्रममा निवर्तमान कार्यसमिति, संस्थाका कर्मचारी एवं लकस नेपाल गान सर्जकहरुलाई सम्मान गरिने जानकारी दिए । 

कार्यक्रमका प्रमुख अतिथि लकस नेपालका सल्लाहकार समाजसेवी शाक्य सुरेनले लकस नेपाल गान, वेभसाइट सार्वजनिक हुनु तथा लकस नेपाल बर्ष ब्यक्तित्व २०८० सम्मान थालनी कोशेढुंगा सावित हुने कार्यक्रम भएको उल्लेख गर्दै शुभकामना व्यक्त गरे  । 

लकस नेपालको सहजीकरण र सहयोगमा गोदावरी नगरपालिका वडा –६ सिखर्पा अगुवा कृषक समुहको अगुवाईमा कृषिमा बेर्ना उत्पादन, तरकारी खेती, पशुपालन, बचत तथा ऋण मार्फत जीवनस्तर उकास्ने साथै सोही स्थानको लामीडाँडा काफलडाँडा खानोपानी तथा सरसफाई उपभोक्ता समिति अगुवाईमा पानी शुद्धिकरण ट्यांकी निर्माण र सोही नगरपालिकाको वडा ५ पहाडे थापागाउँमा श्री नवजागरण युवाक्लवको अगुवाईमा कृषिमा गोलभेडा टनेल खेती, पशुपालन, खानेपानी लगायत क्षेत्रमा विकासका लागि सहकार्य गर्दे आएको छ भने कोन्ज्योसोम गाउँपाकिा ३ मा सगरमाथा सिकाई केन्द्रको अगुवाईमा मादक पदार्थका कारण निराश बनेका वासिन्दाहरुमा सो विकृतिको अन्त्य गरी कृषिमा भैंसी पालन, तरकारी उत्पादन, बाख्रा पालन जस्ता कार्यहरुको थालनी गरिएको छ । साथै बागमती गाउँपालिका वडा ३ स्थित भट्टेडाँडामा सातकन्या सामुदायिक कृषक समुहको अगुवाईमा मास्कउत्पादन, जडिवुटी खेती, पशुपालनका लागि घाँस उत्पादन तथा गोदावरी नगरपालिका वडा ४ वडिखेलमा ठूलो खोला आमा समुहको अगुवाईमा मास्क उत्पादन, सावुन उत्पादन, जुडिवुटि खेती कार्यक्रम सम्पन्न भएको छ । हालैमात्र ललितपुर महानगरपालिका वडा २२ फर्सिडोल, गोदावरी नगरपालिका वडा ४ मासडाँडा, गोदावरी नगरपालिका –६ लप्सेमा संस्थाको कार्य स्थल विस्तार गरी कार्य योजना अनुरुप कार्यक्रमहरु आरम्भ गरिएको छ । लकस नेपाल गान लिंक – https://youtu.be/6Kzk0LJWEE4

Categorized in राष्ट्रिय