STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गल्काेपाखाबाट बालिकाकाे कानकाे मुन्द्रा लुटियाे

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ५, सोमबार

काठमाडौं - काठमाडौं महानगरपालिका-२६ गल्कोपाखाबाट दिनदहाडै बालिकाकाे कानकाे मुन्द्रा लुटिएकाे छ । कास्की घर भई काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने २ जना बालिकाले कानमा लगाएको करिब १ तोला बराबरको सुनको मुन्द्रा शनिबार दिउँसो लुटपाट भएको हाे । अपरिचित अन्दाजी ३५ वर्षीया महिलाले ललाई फकाई गल्लीमा लगि बालिकाहरुकाे मुन्द्रा लुटेर फरार भएको बताइएको छ । लुटपाटमा संलग्न फरार महिलाको खोजी गर्नुका साथै प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएकाे छ ।
Categorized in अपराध-दुर्घटना