STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गाँजाको बोट नष्ट

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार

सामुदायिक सेवा केन्द्र हेमजाले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागुपदार्थ न्यूनीकरण गर्ने उद्देश्यले आइतबार यहाँको गाँजाको बोट फँडानी गरी नष्ट गरेको छ । हेमजाको चाक्लेकुला, ढडालीथर र हनुमानचोकको राजमार्ग वरपरका क्षेत्रमा रहेको करीब चार क्विन्टल गाँजाको बोट नष्ट गरिएको सो सेवा केन्द्रका अध्यक्ष विष्णु बास्तोलाले जानकारी गराउनुभयो । हेमजाको अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने बताइएको छ । लागुपदार्थको दुव्र्यसनबाट युवालाई बचाउन र सुरक्षित समाज निर्माण गर्नका लागि यस्ता कार्यबाट सहयोग पुग्ने सामुदायिक सेवा केन्द्रका प्रमुख जयबहादुर कुँवरले बताउनुभयो । त्यस क्षेत्रमा सङ्कलित गाँजाको बोट वडा कार्यालय अगाडिको खाली ठाउँमा आगो लगाई नष्ट गरिएको हो । यस कार्यमा वडा कार्यालय, हेमजा युनाइटेड, रोट्रर्याक क्लब अफ हेमजा, दलित समाज र आमा समूहलगायतले सहयोग गरेका थिए ।
Categorized in अपराध-दुर्घटना