STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गाईजात्राको अवसरमा नेपालभाषाको हास्यव्यङ्ग्य कार्यक्रम (भिडियोसहित)

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २३, शुक्रबार

काठमाडौं – नेवाः युट्युब च्यानलले गाईजात्राको अवसरमा ‘ख्याः बच्छि नी बच्छि’ नामक प्रहसन तथा हास्यव्यङ्ग्यको कार्यक्रम गरेको छ । बिहीबार साँझ नेवाः युट्युबको फेसबुकबाट प्रत्यक्ष प्रशारण भएको सो प्रहसन कार्यक्रममा नेपालभाषाका हास्यव्यङ्ग्यकार तथा हास्यकलाकाहरु हृदयप्रसाद मिश्र, रामकृष्ण खड्गी, सुरेन्द्र मानन्धर बागः दाई, महन्तलाल मल्ल, भूपेन्द्र वज्राचार्यले हास्यप्रस्तुति दिएका थिए । यसैगरी हास्यव्यङ्ग्य साहित्यकारहरु शरद कसाः, सुरेशकिरण मानन्धरको प्रस्तुति रहेको कार्यक्रमलाई पवित्र कसाःले सञ्चालन गरेका थिए । काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा सो कार्यक्रम प्रस्तुत गरिएको थियो ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला ।

Categorized in सिनेमा