STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गाउँगाउँमा जोगिरा शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २०, मंगलबार

होली पर्वको आगमनसँगै महोत्तरी जिल्लाको गाउँगाउँमा ‘जोगिरा’ एक प्रकारको गीत गाउन शुरु भएको छ । महोत्तरी जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको प्रत्येक गाउँ टोलमा गएरातिदेखि नै बेला ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजागाजाका साथ जोगिरा गाउन शुरु भएको हो । होली पर्वलाई निमन्त्रणा दिँदै प्रत्येक गाउँ टोलका युवा, वृद्ध र वयस्कको छुट्टाछुट्टै टोली बनाई जोगिरा शुरु गरेको जलेश्वर नगरपालिका–११ का होलैया जोगिरा गाउने उमेश मण्डलले बताउनुभएको छ । विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्क्याउने तीतामीठा वाक्य र शब्दलाई लयमा ढालेर जिल्लावासीले जोगिरा गाउने गरेको जलेश्वर–७ का होलैया तथा वडाध्यक्षसमेत रहनुभएका राम छविला यादवले बताउनुभयो । होलीको अवसरमा जोगिरा गाउनकै लागि युवा देश परदेशबाट आ–आफ्नो गाउँ फर्किएका छन् भने गाउँगाउँमा जोगिराको धुनले अहिले रातभरि नसुत्ने बनाएको पिपरा गाउँपालिका–७ का सञ्चारकर्मी एवं होलैया वैद्यनाथ चौधरीले बताउनुभयो । जलेश्वर–९ का होलैया रामप्रसाद सिंहले आफूहरु जोगिरा गाउनकै लागि अहिले रातिको बेला युवा तथा बयोवृद्धालाई घरघरबाट तानेर ल्याएर राति अबेरसम्म विभिन्न जोगिरा गाउने गरिएकोे बताउनुभयो । होलैयाले जोगिराले एकआपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरु रातिका बेला गाउँको चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरेको बताउनुभयो । मिथिलाञ्चलसहित महोत्तरीको गाउँगाउँमा शुरु भएको जोगिरा गायन होली पर्वको एक दिन पहिलेको रातिसम्म गाइनेछ ।
Categorized in सिनेमा