STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गायक अमर चित्रकार र सरीता महर्जनको रोचक युगल गीतको भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ भाद्र २३, आइतबार

नेपालभाषाको गीत संगीत क्षेत्रका लोकप्रिय गायक अमर चित्रकार र नवोदित गायिका सरीता महर्जनको  युगल स्वर रहेको नेपालभाषाको गीत “छंगु ल्यूल्यू”( तिम्रो पछी पछी ) एक समारोहका बीच सार्वजनिक गरिएको छ । हास्य अभिनयकोलागि ख्याति प्राप्त वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त समारोहमा सार्वजनिक गरिएको उक्त गीतका संगीतकार एवं संगीत संयोजक भूपेन्द्र बज्राचार्य तथा रेकर्डिष्ट फिरोज बज्राचार्य हुनुहुन्छ ।

ज्योति रेकर्डसमा रेकर्डिङ भएको उक्त गीत सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको हो । समाजसेवी को रुपमा परिचित गायिका सरीता महर्जनले दोसल्ला ओढाई सम्मान गर्ने क्रममा आरबी डायमण्ड ज्वेलरीका सिइओ रिकेन महर्जनले मायाको चिनो प्रदान गर्नुभएको हो । 

यही कार्यक्रममा लोकगायक रत्न बेहोशी बज्राचार्य तथा ललितपुर महानगरपालिका १६ अध्यक्ष निर्मलरत्न शाक्यको विशेष आतिथ्य उपस्थिति रहेको हो । आरबी जेम एण्ड ज्वेलरी इण्डष्ट्रिज् प्रा.लि.की निर्देशक रिजु महर्जनको सभापतित्वमा सम्पन्न समारोहमा गीत तथा म्यूजिक भिडियो निर्माण सक्रिय योगदान गर्नुहुने सम्पूर्णलाई मायाको चिनो प्रदान गरिएको हो ।

यस म्यूजिक भिडियोका निर्देशक रवि सायमि, कोरियोग्राफर कृष्णभक्त महर्जन, छायाँकन, सम्पादन तथा रंग संयोजन अमर चित्रकारले गर्नुभएको हो भने मनोज महर्जन, नेरिसा महर्जन, कृष्णभक्त महर्जन, निश्चल भुजेल, सुब्रिना चित्रकार लगायत कलाकारहरुको अभिनय रहेको छ ।

म्यूजिक भिडियोमा श्रृंगार सनमकुमार श्रेष्ठ र विमला सापकोटाले गर्नुभएको हो भने पोष्ट प्रोडक्सनको जिम्मेवारी सुभाष काफ्लेले वहन गर्नुभएको हो ।  

यस गीतको युट्युब लिंक –

https://youtu.be/8Wx_J6RGaQU?si=qW2-muxElH5ZQa-M

Categorized in साहित्य-कला