STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गायब भएको टुकुचा जयनेपाल सिनेमाहलमा भेटियो

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ३०, बिहिबार

काठमाडौं - काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ । विहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाउँदा जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्दा टुकुचा खोला भेटाएको हो ।

हलको कम्पाउण्ड खनेर खोला उत्खनन् गर्नेक्रममा करिब १५ फिटको गहिराइमा टुकुचा खोला फेला परेको थियो । महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन ३५ दिने निर्देशन दिएको थियो ।

 

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हलक्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खननको माग गर्दै आएका थिए । महानगरले गत साउन १२ गते सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो ।

Categorized in उपत्यका