STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियोबाट दर्शक उत्साहित

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ भाद्र १७, मंगलबार

नेपाली गीतसंगीत क्षेत्रका उदियमान हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिति दर्ज गराएकी गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ´  सोमबार सार्वजनिक भएको छ । गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गीतमा शब्द राजेश नेपाल बबिनको रहेको छ भने सङ्गीत बिश्वास नेपालको रहेको छ । भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन ।

उक्त कोशेलीमा चर्चित मोडल लोमस शर्मा र गायिका रिया खत्रीले अभिनय गरेका छन ।

रियाको कोशेली आशा लाग्दो म्युजिक भिडियो बनेको निर्देशक प्रकाश भट्ट र गायक बिश्वास नेपालले बताए ।

निर्देशक भट्टले भिडियो अत्यन्तै उत्कृष्ट बनेकाले एकपटक हेरेर प्रतिक्रीया दिनको लागि आग्रह गरेका छन ।

गीत सार्वजनिक गरेसङ्गै उनी निकै उत्साहित भएको बताएकी छन ।

रिया खत्रीको आधिकारिक युट्युब च्यानल Riya Khatri Official ले ६ महिनामै २३ हजार भन्दा बढी सब्सक्राइबर हासिल गरिसकेको छ भने उनका विभिन्न लाईभ दोहोरी अन्य म्युजिक भिडियोलाई लाखौ दर्शकले हेरेर मन पराइसकेका छन् । आफ्नो मेहनतलाई मन पराई आफ्नो प्रस्तुती मन पराइदिएकोमा दर्शक–स्रोताप्रति आभार प्रकट गर्दै उनले कलाकारितामै आफ्नो भविष्य जोडिएको बताएकी छन् । रियाले आफ्नो कोशेली एकपटक हेरेर माया गरिदिनको लागि भगवानरुपी दर्शकलाई अनुरोध गरेकी छन ।

उनले दर्शकलाई आफ्नो गीत ‘कोशेली’ हेरी प्रतिक्रिया दिन तथा युट्युब च्यानल Riya Khatri Official सब्सक्राइब गर्न आग्रह गरेकी छिन् ।

रिया खत्रीको "कोशेली" केरा चाहिन्छ युट्युब लिङ्क

https://youtu.be/tP_AfDSrZ-8?si=GWPuK2ZfMJdfNvgn

Riya Khatri Official YouTube Channel

youtube.com/@riyakhatriofficial

Categorized in साहित्य-कला