STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गायिका सुशिला बस्नेत तिमिल्सिनाको ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आश्विन ११, शुक्रबार

चर्चित गायिका सुशिला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक भएको छ । प्रतिमा लामिछानेको शब्द रचना, प्रभुराज ढकालको सङ्गीत, मनोहर सुनामको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको स्टुडियो छायांकनसहितको भिडियो सार्वजनिक भएको हो ।

यस गीतमा आफूले मन पराएको मान्छेको छहारीमा जिउन चाहने आशय व्यक्त गरिएको छ । आफ्नो प्यारो मान्छेको हृदयको ढुकधुकि बन्ने चाह यसमा व्यक्त गरिएको छ । शब्दहरू प्रेमरसले भरिएका छन् भने सङ्गीत पनि कर्णप्रिय छ ।

 भिडियोमा पशुपति श्रेष्ठ/बद्री श्रेष्ठ/सुमन पी मैनालीको छायांकन एवं सम्पादन रहको छ । सानैदेखि गीत संगीतमा लगाव राख्नुहुने सुशिला पछिल्लो समय अमेरिकाको बोस्टनमा बस्दै आउनुभएको छ । विदेशमा रहेपनि उहाँ नेपाली गीत सङ्गीतमा सक्रिय रहँदै आउनुभएको छ । ‘तिम्रो मायाको छयारीमा’ गीतलाई गायिका सुशिलाकै अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=un_1E72MH80

Categorized in साहित्य-कला