STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गुथि अवधारणा र एकीकृत आन्दोलन कार्यविधि सम्वधि छलफल

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ४, बुधबार

गुथि विधेयक विरुद्ध एकीकृत आन्दोलन अगाडि बढाउनका लागि बुधबार नेवाः देय् दबूको सभाकक्षमा बसेको बैठकले नेवाः समुदायको अवधारणा र गुथि विधेयक विरुद्ध एकीकृत आन्दोलनको सञ्चालनको कार्यविधिलाई लिएर छलफल भएको छ । गुथि विधेयक विरुद्ध एकीकृत आन्दोलनका उपाध्यक्ष पवित्र बज्राचार्यले दिनु भएको जानकारी अनुसार भेलाले एकीकृत आन्दोलनको निर्देशक समुहको सदस्य तथा नेवाः अग्रज मल्ल के. सुन्दरले गुथिको अवधारणा प्रस्तुत गर्नु भएको थियो । श्री सुन्दरले सो अवधारणामा गुथिको ऐतिहासिक परिवेश लगायत गुथिको मौलिक प्रथा, गुथि प्रथा जन्य संस्थाको सम्वन्ध बारे बिस्तृत व्याख्या गर्नु भएको थियो । वहाँले गुथिको मामलामा राज्यले संयोजनको भूमिका मात्रै खेल्नु पर्ने धारणा राख्नु भयो । त्यसैगरी गुथिको अवधारणा सन्वन्धी पत्रमा आजको बदलिँदो परिवेशमा गुथिको जगेर्ना गर्ने सबैभन्दा उपयुक्त मार्ग भनेको ऐतिहासि स्थानमा आफूहरुले आफ्नै शासन खडा गरी मात्रै पूरा हुने धारणा अगाडि सारेको छ । त्यसैगरी हालै नेपाल सरकारले गुथि सम्वन्धी धारणा अगाडि ल्याएर गुथिलाई एक गैर सरकारी संस्थाको रुपमा राख्ने प्रयास गर्नु अन्तर्राष्ट्रिय कानून विपरित भएको उल्लेख गरेको छ । सो भेलामा नेवाः अगुवा मल्ल के. सुन्दरले प्रस्तुन गर्नु भएको अवधारणालाई परिस्कृत रुपमा लिएर जाने सहमती भएको थियो । त्यसैगरी सो भेलाले एकीकृत आन्दोलनका अर्का सदस्य डा. पुष्पराज राजकर्णिकारले आन्दोलन परिचालनका लागि कार्यविधि अगाडि सार्नु भएको थियो । सो कार्यविधिलाई थपथाप साथ पारित गरियो । गुथि विधेयक विरुद्धको आन्दोलनलाई अगाडि सार्नको लागि विरोध कार्यक्रममा सहभागीहरुलाई र विभिन्न संघर्षमा सहभागीहरुलाई समेटेर डा. महेशमान श्रेष्ठका अध्यक्षतामा गुथि विधेयक विरुद्ध एकीकृत आन्दोलन संघर्ष समिति गठन गरेको छ ।
Categorized in राष्ट्रिय