STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गुथि अष्ट्रेलियामा नयाँ अध्यक्षमा उमेश नापित चयन

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र २९, बुधबार

अष्ट्रेलियामा बसोबास गर्दै आइरहनु भएका नेपालीहरूको एउटा पुरानो संस्था गुथि अष्ट्रेलीयाको नयाँ कार्यसमितिको अध्यक्षमा उमेश नापित चयन हुनु भएको छ। नापित गुथि अष्ट्रेलिया को वार्षिक साधारण सभाबाट निर्विरोध अध्यक्षमा चुनिनु भएको हो भने उहाँ यस संस्थाको तत्कालिन कोषाध्यक्ष हुनुहुन्थ्यो  । 

नव निर्वाचित कार्यसमितिमा अध्यक्ष उमेश नापित, उपाध्यक्ष  बिकाश श्रेष्ठ,महासचिव - सुबिन श्रेष्ठ,कोषाध्यक्ष  अजय देसार, आइ टि सपोर्ट-जेनिसा मास्के र सदस्यहरूमा श्याम सैंजु,आरती शाक्य,सिजन ताम्राकार,कुन्दन ताम्राकार,प्रबेस डङ्गोल,संकल्प बज्राचार्य,आषिश मान सिं,सुरज प्रधान,नियाज मास्के,आय्‌नी श्रेष्ठ महर्जन,कृष्ण शाक्य,बुकेश महर्जन,राजिब श्रेष्ठ,आभाष न्हूच्छे प्रधान चयन भएका छन् । नयाँ कार्यसमितिलाई  निम्फाको अध्यक्ष अरूण तामाङले शपथ ग्रहण गराउनु भएको थियो।

नयाँ कार्यसमिति चयन गरिएको सो वार्षिक साधारण सभा कार्यक्रम तत्कालिन महासचिव अजय देसारले संचालन गर्नु भएको थियो । सभाको सभापतित्व गर्नु भएका तत्कालिन अध्यक्ष अनुप महर्जनले आफ्नो नेतृत्वको कार्यकालमा उपलब्धि र चुनौतीबारे चर्चा गर्दै सहयोग र सल्लाह दिनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। कोभिडको कारणले निरन्तरता गर्न नसकेको चङ्गा महोत्सव यस वर्षदेखि दशैंको अवसरमा पुन: सुचारू गर्ने पनि जानकारी गराउनुभयो। तत्कालिन कोषाध्यक्ष उमेश नापितले गत वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गुथिको कोषमा रहेको पन्ध्र हजार डलरलाई बढाएर तीस हजार पुर्‍याउने लक्ष्य रहेको कुरा बताउनु भयो र गुथि अष्ट्रेलिया ले वर्षेनी आयोजना गर्दै आएका लोकप्रिय कार्यक्रमहरुमा म्ह:पुजा, ईहिलाई संचालन गर्न सहयोग गर्नुहुने गुर्जु करून शाक्यलाई विशेष धन्यवाद भन्नु  भयो।

गुथिका  नयाँ सल्लाहकारको रुपमा अग्रज पुरन सायमि र राजु मानन्धरलाई  चयन गरिएको कार्यसमितिमा पुराना संस्थापक सदस्यहरू डा. नारायण प्रधान र पदम शाक्यले यस अघि सल्लाहकारको भूमिका निर्वाह गर्देआउनु भएको  थियो।

Categorized in राष्ट्रिय