STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गुरूङ मुख्यमन्त्री भएकाेमा चार दलकाे आपत्ति

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ३०, बिहिबार

पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनः नियुक्त भएसङ्गै नेपाली काङ्ग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहितको दलले आपत्ति जनाएको छ ।

संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था हुँदाहुँदै सांसदको टाउको हेरेर प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाइएको छ ।

प्रदेश प्रमुखले संविधानको घोर अपमान गरेको विपक्षी दलले बताएका छन । उनीहरुका अनुसार प्रस्तावक दलहरुको कागजात नपुगे माग्ने र आवश्यक छानबिन गर्ने बाटो खुला हुँदाहुँदै अनावश्यक फैसला गरिनु आपत्तिजनक छ ।

चार राजनीतिक दलले दर्ता गरेको निवेदनलाई बेवास्ता गरी पूर्व नियोजित निर्णय गरेर मुख्यमन्त्री नियुक्त गरिएको प्रति उनीहरुले विमति जनाएका छन् ।

विज्ञप्तिमा नेपाली काङ्ग्रेस संसदीय दलको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेल, नेकपा माओवादी केन्द्र संसदीय दलको तर्फबाट हरिबहादुर चुमान,राष्ट्रिय जनमोर्चा संसदीय दलको तर्फबाट पियारी थापा र जनता समाजवादी पार्टीको तर्फबाट धनमाया लामाको हस्ताक्षर छ ।

Categorized in राजनीति