गुर्जुधारामा टिपरकाे ठक्करबाट दुईजनाकाे मृत्यु
Janjati Khabar – Janjati Khabar | २०७७ पौष १६, बिहिबार
काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारा काठमाडौ आयल स्टोर नजिक टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् ।
बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो ।
दुवैको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग, बलम्बुले जनाएकाे छ।
उनीहरु एक होटल व्यवसायीको पार्टीमा गएर फर्किएका थिए । टिपर र चालक रामचन्द्र थापा प्रहरीको नियन्त्रणमा छन् ।
Categorized in अपराध-दुर्घटना

