STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गृहमन्त्रीद्वारा भवन उद्घाटन

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १५, आइतबार

गृहमन्त्री रामबहादुर थापाले जिल्ला प्रशासन कार्यालय भोजपुरको भवनको आज उद्घाटन गर्नु भएको छ । 
१८ कोठा रहेको  उक्त भवन रु चार करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयो । भवन  सरकारको लागतमा निर्माण भएको हो ।
विसं २०६० फागुन १९ गते पुरानो कार्यालय रहेको भवनमा आगजनी गरिएपछि सोही स्थानमा नयाँ  कार्यालय भवन निर्माण गरिएको हो । भवनसँगै मन्त्री थापाले जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको पनि उद्घाटन गर्नुभएको छ । आपतकालीन केन्द्र सञ्चालनका  लागि सात स्थानीय तहले रु एक÷एक लाख बराबरको भौतिक सामग्री सहयोग गर्ने  र भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाको व्यारेक परिसरमा नाइटभिजन सुविधासहितको हेलिप्याड निर्माण भइरहेको कार्यक्रममार्फत जानकारी दिइएको छ । 
Categorized in राष्ट्रिय