गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन
Janjati Khabar – Janjati Khabar | २०७९ पौष १३, बुधबार
काठमाडौं - उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आज त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका छन्। राहदानी लिन सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको समाचार बाहिर आइरहेकाबेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गरेका हुन्।
यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । “सोही आधारमा आज मन्त्रीले राहदानी विभागको अनुगमन गर्नुभएको हो”, गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए।
उनका अनुसार परराष्ट्रमन्त्री नियुक्त नभएकाले पनि प्राप्त जिम्मेवारीका आधारमा उनले आज स्थलगतरूपमा अनुगमन गरेर वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।
Categorized in राजनीति

