STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गोंगबु घटनाबारे छानबिन गर्न डीआईजी खाँको नेतृत्वमा सदस्यीय समिति गठन

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण ४, बिहिबार

काठमाडाैं - यातायात मजदुरको आन्दोलनमा नाममा ल्होत्स मलमा भएको घट्नाको बास्तविकता बुझ्नको लागि छानबिन समिति गठन गरिएकाे छ ।डीआईजी मसउद आलम खाँ काे संयाेजकत्वमा गठन भएकाे सो समितिले उक्त घट्नाको बारेमा क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्नेे जनाएको छ ।

समितिमा डिआइजी खाँसहित पाँच सदस्य छन् । समितिमा एसएसपी हिमालय श्रेष्ठ, एसपी सिताराम रिजाल, एसपी सानुराम भट्टराई र डीएसपी खुमलाल भुसाल सदस्य छन् ।प्रधानमन्त्री पुष्पकमल दाहालले पनि हिजोमात्रै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर उक्त घट्नाको बारेमा छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएका थिए ।

प्रहरीले ल्होत्स मलमा चोरी गर्नेहरुलाई हिजै पक्राउ गरी सार्वजनिक गरिसकेको छ । यस्तै, आजमात्रै १५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा अधिकांश चालक तथा सहचालकहरु रहेको पाईएको छ ।

Categorized in अपराध-दुर्घटना