STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गोर्खा मिडियाका सञ्चालकहरूले सहकारीको रकम अपचलन गरेको पुष्टि

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन ४, शुक्रबार

काठमाडौं- सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिले गोर्खा मिडियाका सञ्चालकहरूले सहकारी संस्थाहरूको रकम अपचलन गरेको पुष्टि गरेको छ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा खर्चको विश्लेषण गर्दा कम्पनीलाई घाटा हुँदाहुँदै सञ्चालकहरूले अत्यधिक रूपमा लगेको तलब रहेको उल्लेख छ।

गोर्खा मिडिया नेटवर्क प्रालि असफल हुनुको प्रमुख कारण ठूलो लगानी, अत्यधिक खर्च तर न्यून आय रहेको देखिएको पनि प्रतिवेदनमा उल्लेख छ।

गोर्खा मिडिया नेटवर्क प्रालि सम्बन्धीको निष्कर्षसहितको प्रतिवेदनमा भनिएको छ, ‘गोर्खा मिडिया नेटवर्क प्रालि। असफल हुनुको प्रमुख कारण ठूलो लगानी, अत्यधिक खर्च तर न्यून आय रहेको देखिन्छ। खर्चको विश्लेषण गर्दा कम्पनीलाई घाटा हुँदाहुँदै सञ्चालकहरूले अत्यधिक रूपमा लगेको तलब रहेको छ, कुनै पनि सहकारी संस्थाले प्राकृतिक व्यक्ति बाहेकलाई ऋण प्रदान गर्नु हुँदैन र लगानी समेत गर्नुहुँदैन तर सञ्चालकहरूको सहकारी संस्थामा आफ्नो शक्तिको गलत उपयोग गरी अत्यधिक रूपमा ऋण लिई कम्पनीलाई ऋण प्रदान गरी सहकारी संस्थाहरूको रकम अपचलन गरेको पुष्टि हुन्छ।’

Categorized in राजनीति