गोली हानाहानमा दुईको मृत्यु, एक घाइते
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २५, बुधबार
भोजपुर सदरमुकाम नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच भिडन्तमा गोली हानहान हुदाँ दुइ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सदरमुकामको हटिया लाइनमा भिडन्तमा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका निरकुमार राईको मृत्यु भएको हो । एक प्रहरी सोम भट्राई भने
घाइते भएका छन् ।
विप्लव समूहबाट पहिलो पल्ट प्रहरी मृत्यु भएको छ । बुधवार विहान करिब ९ बजे सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटेल नजिकै कार्यकर्ताले
जिल्ला प्रहरी कार्यरत जवान निरकुमार राइलाई गोली हानेको हुन् । जवाफी कारबाहीमा विप्लव समूहका निरकुमारलाई पनि गोली लागि मृत्यु भएको हो ।
यस घटनापछि सदमुकामको कडा सुरक्षा गरिएको छ ।
Categorized in अपराध-दुर्घटना