ग्रामिण चलचित्र महोत्सवमा प्रदिप खड्का , जीतु नेपाल र केकी अधिकारी उत्कृष्ट ठहरियो
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ बैशाख ८, सोमबार
रसुवा जिल्लाको धुन्चेमा शनिवार सम्पन्न चौथो नेपाल ग्रामिण चलचित्र महोत्सवमा लोकप्रिय अभिनेता जीतु नेपालले फिल्म ‘ज्वाईसाब’ बाट उत्कृष्ट अभिनेताको अवार्ड अवार्ड जितेका छन् । समारोहमा अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।
रसुवा धुन्चेको गोसाईकुण्ड गाउँपालिकामा गत वैशाख ४ गते बिहीवारदेखि प्रारम्भ भएर वैशाख ६ गते शनिवार सम्पन्न भएको महोत्सवमा अभिनेता प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’ बाट जुरी अवार्ड तर्फ बेष्ट एक्टर प्राप्त गर्दा बेष्ट म्युजिकल सर्ट फिल्म अवार्ड ‘प्याकुली’ का रामहरी खड्का, बेष्ट कल्चर फिल्म' आप्लेगा नाम्सा’ तथा इन्करेजमेन्ट अवार्ड रोनिस खड्काले फिल्म ‘प्याकुली’ बाट पाएका छन् ।
समारोहमा बेष्ट सर्ट फिल्म ‘म कमरेड’ बाट निर्मल पौडेल, बेष्ट डकुमेन्ट्री ‘माझी’ बाट सबिर श्रेष्ठ, बेष्ट फिल्म ‘अञ्जिला’ बाट प्रेम श्रेष्ठले अवार्ड जिते । फेस्टिभलमा बेष्ट एडिटर भरत रेग्मी फिल्म ‘पुजार सार्की’, बेष्ट सिनेमाटोग्राफर शिवराम श्रेष्ठ फिल्म ‘बोक्सीको घर’, बेष्ट निर्देशक मिलन चाम्स ‘अञ्जिला’, जुरी मेन्सन अवार्ड ऋषिराज आचार्य फिल्म ‘द्रौपदी’, जुरी अवार्ड निर्देशक वसन्त निरौला फिल्म ‘ज्वाईँ साब’, बेष्ट भिज्युअल इफेट फिल्म ‘बोक्सीको घर’ बाट मनोज श्रेष्ठले जितेका छन् ।
Categorized in साहित्य-कला

