STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घरधनीलाई चेतावनी : सुचना लुकाए घर नै सिल हुने, क्वारेन्टाइनको खर्च पनि व्यहोर्नुपर्ने

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १, बिहिबार

काठमाडौं – ललितपुर वडा नं. ६ मा अरु जिल्ला वा विदेशबाट फर्किकाहरुलाई प्रवेश निषेध गरिएको छ । ललितपुर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले बिहीबार एउटा सूचना निकालेर लकडाउनको समयमा अन्य जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् । बहालमा बस्नेहरुलाई आफ्नो घरमा प्रवेश नदिन र वडामा जानकारी गराउन सुचनामा भनिएको छ । कसैले सूचना लुकाए उसको घर नै सिल गर्ने र क्वारेन्टाइनमा लाग्ने खर्च आफैंले व्यहोर्नुपर्ने चेतावनीसमेत सूचनामा दिइएको छ । लकडाउनको बेला बाहिर गएकाहरु आउँदा संक्रमण फैलिने र असुरक्षित हुने हुँदा वडाले यस्तो निर्णय लिइएको थाहा हुन आएको छ । अहिले बाहिरबाट आउनेहरुलाई घरधनीले बस्न नदिएपछि भनाभन हुने तथा कोरोन नभएको प्रमाणपत्र लिन परीक्षण गराउनेहरुको भीड लागेको छ । यसैगरी, काठमाडौं महानगरपालिकाका विभिन्न वडामा जनप्रतिनिध एवं स्थानीयहरुले माइकिङ गरी बाहिरबाट आएकाहरु भए सुचना दिन माइकिङ्ग गरिरहेका छन् । बाहिरबाट आएकाले कोरोना पनि भित्र्याइरहेकाले तुरुन्तै उपत्यका प्रवेशमा पूर्ण रोक लगाउनुपर्ने स्थानीय आवाज छ ।
Categorized in राष्ट्रिय