relans
ni new 83
nib 2082 5

घर–घरमा पुगी स्थानीयमाथिकाे धरपकडबारे २० संघसंस्थाको ध्यानाकर्षण • पक्रिएकाकाे निशर्त रिहाइ माग

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २०, शनिबार

काठमाडौं – रातो मछिन्द्रनाथ रथयात्राको क्रममा बिहीबार ललितपुरको पूल्चोकमा भएको झडपमा प्रहरीले गिरफ्तार गरेका सर्वसाधारणलाई रिहा गर्न विभिन्न २० वटा संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गरेको छ । ज्यापु समाज यललगायत शिल्पकार समाज, स्यस्यः समाज, बौद्धविहार संघ, ताम्रकार समाज, सिकःमि समाज, बाराही समाज, राजोपाध्याय समाज, तण्डुकार समाज, नापित समाज, कपाली समाज, मालाकार समाज, खड्गी समाज, जोशी समाज, देउला समाज, रजक समाज, चित्रकार समाज, राजकर्णिकार समाज, नकःमि समाज र नेपालभाषा मंकाः खलःका अध्यक्षहरुको हस्ताक्षरमा संयुक्त विज्ञप्ति जारी भएको छ । झडपपछि प्रहरी प्रशासनले घर घरमा पुगेर धरपकड गरेको कारण यसले अनपेक्षित नकारात्मक अवस्था निम्त्याउनेप्रति ललितपुर महानगरपालिकाभित्रका नेपालभाषा मंकाः खलःलायत १९ वटा जातीय संघसंस्थाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । घरघरमा पुगेर हुने गरेका धरपकड तत्काल बन्द गर्न तथा पक्राउ परिएका सबैलाई निःशर्त रिहा गरी सामाजिक एकता, सद्भाव र शान्ति कायम गर्न सम्बद्ध निकायसामु अनुरोध गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
Categorized in उपत्यका
ppp 2