relans
ni new 83
nib 2082 5

घान्द्रुकमा एक्सटेन्सन काउन्टर

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १६, बिहिबार

कास्कीको पर्यटकीयस्थल घान्द्रुकमा पोखरा फाइनान्स लिमिटेडले आजदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 
पदयात्रा पर्यटन एवं हिमाली दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा परेको घान्द्रुकमा पर्यटक, स्थानीयवासी एवं पर्यटन व्यवसायीलाई लक्षित गरी काउन्टर सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो ।
 
हालसम्म १९ वटा शाखा सञ्चालनमा ल्याएको संस्थाको निक्षेप सङ्कलन पाँच अर्ब ९५ करोड रहेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार चाँडै नै काठमाडौँको गोंगबु र ललितपुरको मानभवनमा दुई वटा शाखा थप गर्न लागेको सो फाइनान्सको चुक्ता पूँजी रु ८५ करोड ७२ लाख रहेको छ । फाइनान्सको कर्जा प्रवाह रु पाँच अर्ब ४५ करोड रहेको उहाँले जानकारी दिनुभयो ।
 
काउन्टर उद्घाटन कार्यक्रममा घान्द्रुक रोधी क्लबका अध्यक्ष पूर्णप्रसाद गुरुङ, अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना घान्द्रुकका कार्यालय प्रमुख विदुर कुइँकेल, मेश्रम बराह माध्यमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर सुवेदी लगायतले काउन्टर सञ्चालनसँगै स्थानीय पर्यटन व्यवसायी एवं पर्यटक लाभान्वित बन्ने विश्वास व्यक्त गर्नुभयो । 
Categorized in राष्ट्रिय
ppp 2