STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घोडेपानीलाई हिमाली देवताको आर्शिवाद 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

शिरमा रहेको पुनहिलबाट हात अघि बढाए छोइएला झै लाग्ने धौलागिरि, निलगिरि, अन्नपूर्ण, गुर्जा टुकुचे, माछापुच्छ« लगायतका हिमाल । तिनै हिमाललाई हेर्नका लागि आउने विश्वभरका लाखौं पर्यटकलाई सेवा र सहयोग गर्न आवश्यक सुविधाको चाँजोपाँजो मिलाउन सधैँ व्यस्त हुने गर्छन विश्वविख्यात घोडेपानीका होटल व्यवसायी । 
घोडेपानीका होटल व्यावसायीहरु मगर जातीका छन् । उनीहरु सधैं पर्यटकको खानपान, खाजानास्ता र वासका लागि व्यस्त हुन्छन् । हिमाल र गुराँसकै कारण घोडेपानी विश्वभरी चिनिएको छ । हिमाल घोडेपानी र पुनहिलको समृद्धि र विकासको सोपान भएको घोडेपानीका होटल व्यवसायी जुनबहादुर पुनले बताउनुभयो ।
  ‘हिमाल हाम्रो प्राण हो, हिमालकै कारण हाम्रो जीवन चलेको छ, त्यसैले हामीले बिहान उठ्ने वित्तिकै हिमाली देवताको आर्शिवाद लिएर आफ्नो कामधन्दामा लाग्ने गर्छौ’ होटल स्नो भ्यूका सञ्चालक समेत रहनुभएका पुनले भन्नुभयो ।
 
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्छन्  अन्नपूर्ण र पुनहिल । पुनहिल सरकारले घोषणा गरेको एक सय गन्तव्यस्थलमा समेत पर्छ । भ्रमण वर्षको अवसर पारेर सरकारले एकसय गन्तव्यस्थलको घोषणा गरेसँगै घोडेपानी र पुनहिलमा आउने आन्तरिक तथा  बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको घोडेपानीका होटल व्यवसायीले बताएका छन् ।
 स्थानीय होटल तथा पर्यटन व्यवसायी टेकसर बुद्धुजा पुन भन्नुहुन्छ,“यहाँ व्यवसायी भावना कम, सहयोग र सेवाको भावना बढी छ, त्यसैले यहाँका व्यवसायीप्रति पर्यटकको पूरा पूरा विश्वास छ, हामीले कमाएको सम्पत्ति पनि त्यही नै हो ।”
यहाँका व्यवसायीले पैसा मात्रै कमाएका छैनन् विदेशीको विश्वास पनि कमाएका छन् । आत्मियता र हार्दिकता प्राप्त गरेका छन् र यी सबै चिजलाई उनीहरुले सोही ठाउँको पूर्वाधार निर्माणमा खर्चिएका स्थानीय होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर पुनले बताउनुभयो । पुन भन्नुहुन्छ, “यहाँ जति पनि पूर्वाधार निर्माण भएका छन् त्यसमा सरकारको लगानी थोरै र स्थानीयवासीको श्रम बढी छ । पर्यटकबाट प्राप्त आर्थिक सहयोग र जनश्रमदानबाट पदमार्गदेखि लिएर अन्य सबै पूर्वाधार निर्माण भएका छन् ।
Categorized in राष्ट्रिय