चन्द्रगिरीमा पहिरो जाँदा रेकी ध्यानकेन्द्रका तीन जनाको मृत्यु
Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २१, शुक्रबार
काठमाडौं - चन्द्रागिरीमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चन्द्रगिरी नगरपालिका-२ देउराली नजिकै गएको पहिरोमा पुरिएर काभ्रेका राजु श्रेष्ठ‚ उनकी श्रीमती रेखा श्रेष्ठ र छोरी सारथी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
रेकी ध्यान केन्द्रमा सुतिरहेकै अवस्थामा पहिरो जाँदा उनीहरुको मृत्यु भएको प्रहरीको भनाइ छ।
Categorized in अपराध-दुर्घटना

