STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चन्द्रागिरी, दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा हिमपात

Janjati Khabar – Janjati Khabar | २०८० माघ १९, शुक्रबार

काठमाडौं - मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएको छ। दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायी खुसी भएका छन्। 

इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापामगरले सीमभञ्ज्याङ क्षेत्रमा बिहीबार साँझदेखि हिमपात सुरु भएको जानकारी दिए। थप हिमपात भए त्रिभुवन राजपथ अवरुद्ध हुने सम्भावना रहेको उनले बताए। 

दामन सीमभञ्ज्याङ क्षेत्रबाट हिश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । पछिल्लो समय थानकोटबाट चन्द्रागिरि हुँदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सीमभञ्ज्याङसम्म साइकलमा यात्रा गर्नेको सङ्ख्या पनि  बढ्दै गएको छ। यस्तै चन्द्रागिरिमा पनि बिहीबार साँझपखदेखि हल्का हिमपात भएको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरका पूजारी बिदुर न्यौपानेले जानकारी दिए।

Categorized in राष्ट्रिय