STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चन्द्रागिरी नगरपालिकाले पनि फोहोर वर्गीकरण गरी उठाउने

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ३, मंगलबार

 

काठमाडौं - चन्द्रागिरी नगरपालिकाले फोहोर वर्गीकरण गर्न आम नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा आज बसेको नगर कार्यपालिकाको बैठकले शून्य फोहोर अवधारणा साकार पार्न फोहोर वर्गीकरणलाई प्राथमिकता दिन आग्रह गरेको हो ।

बैठकले कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लाष्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर, नीलो झोलामा फलाम र कवाडीजन्य फोहोर र पहेँलो झोलामा स्यानिटरी प्याड र डाइपरजन्य फोहोर वर्गीकरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन ४ गतेदेखि नै लागू हुने नगरप्रमुख गिरिले बताए ।

चन्द्रागिरीले शून्य फोहोर अभियानअन्तर्गत उल्लिखित झोलाहरु वडा कार्यालय तथा टोल सुधार समितिमार्फत निःशुल्क वितरण गरिने बताएको छ । सो नगरपालिकाले फोहोरको रकम तोकिएको समयमा बुझाउनसमेत आम नगरवासीलाई आग्रह गरेको छ ।

Categorized in उपत्यका