STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चमेरो ओढार सिँचाइ आयोजनाको निर्माण शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १३, शुक्रबार

उत्पादन वृद्धिका लागि जिल्लाको विकट मानिएको महाभारत गाउँपालिका–२ कुपिन्टारमा चमेरो ओढार सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको छ । प्रदेश सरकारको रु एक करोड ८२ लाखको सहयोगमा निर्माण शुरु भएको सो आयोजनाबाट करिब ३०० हेक्टर खेतीयोग्य जमीन सिञ्चित हुने आयोजनाले जनाएको छ । कृषिको प्रचुर सम्भावना बोकेको कुपिन्टार क्षेत्रमा पानीको चरम समस्या भएकाले यो आयोजना शुरु गरिएको आयोजना उपभोक्ता समितिका सचिव मानबहादुर घिसिङले बताउनुभयो । आर्थिकरुपले विपन्न र सामाजिक रुपमा पिछडिएका किसानको सिँचाइ सुविधामा पहुँच बढाइ खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउन सिँचाइ आयोजना निर्माण गरिएको उहाँले बताउनुभयो । सिँचाइ आयोजना निर्माण भएपछि यस क्षेत्रका २०० घरधुरी लाभान्वित हुने भएका छन् । सिँचाइ आयोजना निर्माण भएपछि बाह्रैमास खेती गर्न सकिने जनाइएको छ । “सम्झौताअनुसार आगामी २०७७ असार मसान्तसम्ममा आयोजनाको सम्पूर्ण काम सकिने गरी काम भइरहेको छ”, सचिव घिसिङले भन्नुभयो, “मुहानदेखि सिञ्चित ठाउँसम्म पुग्न साढे चार किलोमिटरको कुलो निर्माण गर्नुपर्नेमा केही भाग उपभोक्ता समितिले र बाँकी काम ठेकेदारले गर्नुपर्नेछ ।”
Categorized in राष्ट्रिय