STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चर्को ब्याजदरबिरुद्ध सडकमा व्यवसायी

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १७, मंगलबार

काठमाडौँ - बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन व्यवसायीहरुले माग गरेका छन् ।

आज नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरबिरुद्ध गरेको सडक आन्दोलनमा व्यवसायीहरुले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन माग गरेका हुन् । उनीहरुले बैंकको चर्को ब्याजदरका कारण व्यवसायीहरु सडकमा आउनपरेको भन्दै तत्काल सरकारले बैंकको ब्याजदर एकल अंकमा ल्याउनुपर्ने बताए ।

पछिल्लो समय साना मझौला उद्योगीहरुलाई मात्रै नभएर समग्र उद्योग क्षेत्रमा नै बैंकहरुले देखाएको आंतकले व्यवसायीहरु पीडित भएर आत्मदाह गर्न बाध्य बनाएको व्यवसायीहरुको भनाई छ । सडक आन्दोलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले अहिलेको असहज अवस्थालाई हेरेर व्यवसायीहरुलाई सहजता बनाउनुपर्नेमा जोड दिँदै अहिलको अवस्था ऋणिहरुलाई सहज वातावरण बनाउनको लागि राष्ट्र बैंक वा सरकारले उद्योगी व्यवसायीहरुको घर जग्गा लिलाम नगर्न निर्देशन दिनुपर्ने माग समेत गरेका छन् ।

त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैंकहरुले उद्योगी व्यवसायीहरुबाट चर्को ब्याज असुलेर नाफामा कमाएर बसेको आरोप लगाए ।

त्यस्तै,फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले ७० प्रतिशत राज्य सञ्चालन गर्ने खर्च निजी क्षेत्रले योगदान गरिरहेको बताउँदै साना व्यवसायीहरुले शरीरमा आगो लगाएर आत्मदाह गर्दा समेत राज्य मौन बस्नु राम्रो नभएको प्रतिक्रिया दिएका छन् ।

सरकारलाई साना तथा मझौला उद्योगको ठूलो योगदान हुँदाहुँदै पनि सबैभन्दा पीडित साना तथा मझौला व्यवसायीहरु हुनुपरेको व्यवसायीहरुको गुनासो छ ।

Categorized in बिजनेस